काठमाडाैं । ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीका मानमती बिष्ट उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रममा ऐरी र बिष्ट उत्कृष्ट भएका हुन् । 

पुरुषतर्फ भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मिना देउवा मनोनयनमा परेका थिए । 

यस्तै वर्ष प्रशिक्षक कबड्डीका विष्णुदत्त भट्ट, वर्ष युवा खेलाडी एथलेटिक्सका बिक्रम नाथ, सुदूरपश्चिम आइकन पुरुषतर्फ भारतोलनका  अशोक भण्डारी र महिलातर्फ एथलेटिक्सका पुजा साउद भएका छन् । 

यस्तै क्रिकेटका शेर मल्लले स्पेशल अवार्ड पाएका छन् भने लाइफटाइम एचिभमेन्ट अवार्ड मरणोपरान्त सुरेश हमाललाई प्रदान गरिएको छ । 

अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) थियो भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *