जापानका काजुयोशी मियुराले ५९ वर्षको उमेरमा गोल गरेका छन् । शनिबार भएको ‘एम्परेर्स कप’को खेलमा तेस्रो डिभिजनको क्लब फुकुसिमा युनाइटेडका तर्फबाट खेल्दै गोल गरेका हुन् ।

नोभेम्बर २०२२ पछि कुनै पनि आधिकारिक/प्रतिस्पर्धी फुटबल प्रतियोगितामा मियुराको यो पहिलो गोल हो । उनले ५९ वर्ष १४९ दिनको उमेरमा यो गोल गर्दै जापानी व्यावसायिक फुटबल इतिहासकै सबैभन्दा पाका गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनी किङ काजु नामले समेत चिनिन्छन् ।

सन् १९८६ मा ब्राजिलको सान्तोस क्लबबाट व्यावसायिक यात्रा सुरु गरेका मियुरा हाल आफ्नो ४२ औं सिजन खेल्ने तयारीमा छन् ।

हालै फुकुसिमा युनाइटेडसँग जुनसम्मका लागि लोन सम्झौता विस्तार गरेका मियुरा ६० वर्ष नाघ्दासम्म पनि व्यावसायिक फुटबललाई निरन्तरता दिने मुडमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *