नेपाल साफ यु- १९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ ।

बुधबार पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० ले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई पहिलो हाफमै २ गोल हानेको बंगलादेशले दोस्रो हाफमा पनि थप २ गोल थपेको थियो ।

खेलको अन्त्यतिर नेपाल १० खेलाडीमा सिमित भएको थियो । गोलका लागि दौडिएकी अल्पीलाई पछाडिबाट फउल गरेपछि डिफेन्डर माया मास्केलाई रातो कार्ड देखाइएको थियो ।

यो नतिजासँगै बंगलादेश र भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बंगलादेश र भारत शीर्ष दुईमा रहेर फाइनल प्रवेश गरेका हुन् ।

फाइनल खेल शनिबार हुनेछ । पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई २-१ ले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *