एन्फा महिला च्याम्पियनसिपको उपाधिका लागि आज विभागीय डर्बी हुँदैछ । 

उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र शस्सत्र प्रहरी बलको एपीएफ क्लब भिड्दै छन् । 

पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई १–० ले तथा दोस्रो सेमिफाइनलमा एपीएफले संकटा फुटबल क्लबलाई ३–० ले हराउँदै फाइनल यात्रा गरेका हुन् । 

यस खेलको विजेताले ७ लाख ५० हजार पाउँदा उपविजेताले ५ लाख पाउनेछन् । पहिलो पटक अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको नकआउट प्रतियोगितामा तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *