फिफा विश्वकप छनाेट अन्तर्गत युराेपेली छनाेटमा स्पेनले फराकिलाे जित हासिल गरेकाे छ । याे स्पेन पछिल्लाे ३० खेलमा अपराजित छ । जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ।
समूह ई काे खेलमा स्पेनले जर्जियालाई उसैकाे मैदानमा ४–० ले पराजित गरेकाे हाे । याे जितसँगै स्पेनले पाँच खेलमा पाँच जितसँगै १५ अंक जाेडेकाे छ । साेहि समूहमा १२ अंकसहित टर्की दाेस्राे स्थानमा छ । दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ ।
पाहुना टाेली स्पेनकाे जितमा मिकेल ओयारजाबालले दुई, मार्टिन जुबिमेन्डी र फेरन टाेरेस एक गाेल गरे । पहिलाे हाफमा ३–० काे अग्रता बनाएकाे स्पेनले दाेस्राे हाफमा थप एक गाेल गर्न सफल भयाे ।
खेलको ११औँ मिनेटमा ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएजा थिए । २२औँ मिनेटमा जुबिमेन्डीले अग्रता दोब्बर बनाए ।
३४औं मिनेटमा टोरेसले स्पेनका लागि तेस्रो गोल गरे । ६०औं मिनेटपछि ओयारजाबालले गोल गर्दै स्पेनलाई ४-० को जित दिलाए ।
विश्व कप छनोटमा शनिवार सम्पन्न अन्य खेलको नतिजा

