काठमाडौं । खोटाङ्गे गुरुङ युवा समूह, काठमाडौंको आयोजनामा प्रथम राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

सेभेन ए साइड स्वरुपको प्रतियोगितामा २६ टिमको सहभागिता रहने आयोजक समूहका अध्यक्ष संगित गुरुङले जनाएका छन् ।

प्रतियोगितामा सम्बन्धित जिल्लाका गुरुङ खेलाडी मात्र सहभागी हुन पाउने छन् । विजेताले १ लाख नगद पुरस्कारसहित भेडा, उपविजेताले ५० हजार र तेश्रो हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उद्घाटन गर्ने तीनदिने प्रतियोगिताका खेलहरु कपनको आकाशेधारास्थित ह्यान्डबल ग्राउन्डमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *