काठमाडौं । विभिन्न ३ उमेरसमूहका ६ टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् ।

नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौं एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ-आफ्नो उमेरसमूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ तारिखसम्म हुने शिविरका लागि छनोट भएका हुन् ।

यु-१३ सिंगल्सको ब्वाइजमा यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गल्समा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्जा महर्जन तथा यु-१६ सिंगल्सको ब्वाइजमा यलका रिजा शाक्य र गर्ल्समा स्ट्यागकी सुरम्या शाक्य पहिलो भएका थिए ।

यु-१९ सिंगल्सको ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गर्ल्समा होप्सकै योङगी पौडेलले स्वर्ण जितेका थिए ।

प्रतियोगितामा विभिन्न क्लबका १५० खेलाडी सहभागी थिए । शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *