नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी टि-२० आई ब्याटिङ वरियतामा एक स्थान सुधार गरेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा रोहित ७१औं र दीपेन्द्र ६४औं स्थानमा उक्लिएका हुन् ।

टी–२० आई अलराउन्डरतर्फ वरीयतामा दीपेन्द्र चौथो स्थानमा यथावत छन् भने बलिङतर्फ एक स्थान सुधार गर्दै ८२औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ टी–२० आई वरीयतामा ललितनारायण राजवंशी एक स्थान सुधार गर्दै ५७औं स्थानमा उक्लिए भने सन्दीप लामिछाने एक स्थान तल झर्दै ७८औं स्थानमा छन् ।

टी-२० आई वरीयतामा बुधबारको अपडेट अनुसार नेपाल १८औं स्थानमा यथावत्‌ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *