काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यति बीच सहकार्य भएको छ ।

बिहीबार कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र होटल प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

यसअघि दोस्रो संस्करणको लागि पनि कर्णाली याक्सले हिल्टन होटेलसँग सम्झौता नवीकरण गरेको थियो । जेनजी प्रदर्शनको क्रममा आगोलागी भएपछि कर्णाली याक्सले याक एण्ड यति सङ हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको हो ।

प्रतियोगिताका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल दरबारमार्ग स्थित याक एण्ड यति होलटमै बस्नेछन् । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी मंसिरबाट सुरु हुँदैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले उत्साहजन सहभागिताको लागि प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *