काठमाडौँ । एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन-३ को दोस्रो दिन सोमबार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोस्रो चरणको खेल सकिँदा दुवैले समान १८-१८ अंक जोडेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबटेनिस क्लबले समान १७-१७अंक जोडे ।
कीर्तिपुर नगरपालिका र खोल्चा पुखु खेलकुद समितिको समान १६-१६ अंक छ । होप्स टेबलटेनिस एकेडेमीले १३ अंक जोडेको छ भने भोर्टेक्स नेपाल टेबलटेनिस क्लब र ओल्ड रेस्ट्रोको समान १२-१२ अंक छ । यल टेबलटेनिसले ११ अंक बटुल्यो ।
