संयुक्त अरब इमिरेट (युएई) का १० महिला खेलाडी एकपछि अर्को गर्दै रिटायर आउट भएपछि विश्व क्रिकेटमा सनसनी फैलिएको छ ।

उक्त घटना हिजो शनिबार आईसीसी महिला टी २० विश्वकप एशियाली क्वालिफायर अन्तर्गत युएई र कतारबीच भएको खेलमा घटेको हो । जुन अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक घटेको घटना हो ।

युएईले पहिले ब्याटिङ गर्दै १६ ओभरमा कुनै विकेट नगुमाई १९२ रन बनाएको थियो । सिमित ओभरको खेलमा पारी डिक्लिएर गर्न नपाउने नियम अनुसार युएईका १० खेलाडी एकपछि अर्को गर्दै रिटाएर आउट भएका हुन् । रिटाएर आउट भएका आठ ब्याट्सम्यानले एउटै बल पनि खेलेका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा यसलाई बैधानिक मानिन्छ ।

पहिले ब्याटिङ गर्दै युएईको तर्फबाट कप्तान इशा ओजा र तिर्था सतिसले १९२ रनको ओपनिङ साझेदारी गरेका थिए । इशाले ११३ र तिर्थाले ७४ रन बनाएकि थिइन् । इशाले आफ्नो शतकिय पारीमा ५५ बलमा १४ चौका र ५ छक्का प्रहार गरेकि थिइन् । त्यस्तै तिर्थाले ४२ बलमा ७४ रनको अर्धशतकिय पारी खेलेकि थिइन् ।

त्यसपछि ब्याटिङ गर्न आएको कतार ११.१ ओभरमा केबल २९ रन बनाउँदै अलआउट भएको थियो । जसमा कतारका सात ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन्। यसरी मात्र २७.१ ओभर मात्र चलेको यो खेलमा १५ खेलाडी सुन्यमा आउट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *