इण्डियन प्रिमियर लिग (आईपिएल) मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ ।

बिहिवार राति अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।

लखनउले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि शाहरुख खानले सर्वाधिक ५७, शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साइ सुदर्शनले २१ रन बनाए ।

लखनउका लागि विल ओले ३ तथा आभेस खान र आयुषले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा २ विकेट गुमाएर २३५ रनको विशाल योगफल बनाएको थियो ।

लखनउका लागी मिचेल मार्शले ११७ रनको शतकीय पारी खेले । उनले ५६ बलमा १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै निकोलस पूरनले अविजित ५६, एडन मारक्रमले ३६ र कप्तान ऋशब पन्तले अविजित १६ रन बनाए ।

गुजरातका लागि अर्शद खान र आर साइ किशोरले १-१ विकेट लिए ।

यस हारपछि १३ खेलबाट १८ अंकसहित शीर्षस्थानमा यथावत् नै छ तर शीर्ष २ मा पर्नका लागि अन्तिम खेल जित्नुपर्ने र पञ्जाब र बेंगलुरुमध्ये एक टिमले एक खेल हार्नु पर्नेछ ।

प्लेअफ दौडबाट बाहिरिसकेको लखनउको १३ खेलमा १२ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *