आईसिसी महिला टि-२० विश्वकप २०२६ एसिया छनोट आजदेखि थाइल्यान्डमा सुरु हुँदैछ ।

छनोटको पहिलो खेलमा नेपालले आज हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान ८:४५ बजे थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा हुने छ । 

टी-२० प्रतियोगिताको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई दुई खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।

९ राष्ट्रको सहभागिता रहने छनोट प्रतियोगितामा सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । तीनवटै समूहको शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यसपछि वैशाख २७ गते बहराइन, वैशाख ३० गते हङकङ, जेठ १ गते पुनः बहराइनसँग खेल्नेछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *