पाँच सदस्यीय सचिवालय गठन

२०८२, २० बैशाख शनिबार २०:३७

नेपाल भारोत्तोलन संघ, तदर्थ समितिको शनिबार सम्पन्न पहिलो बैठकले पाँच सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको छ ।

२०८१ साल चैत २९ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले कानुन चौधरीको संयोजकत्वमा भारोत्तोलनको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

जम्मा २३ सदस्यीय कार्यसमितिको सदस्यमा सुरेन्द्र हमाल, पार्थ सारथी सेन गुप्त, तिलक राउत, विजेन्द्रविक्रम शाह, विपेन्द्र महर्जन, जगदीश प्रधान, अशोक शाही, रुद्र न्यौपाने, प्रदीप श्रेष्ठ, रामेश्वर श्रेष्ठ, अनिल मिश्र, निता थापा, अन्जु रानाभाट, मनोज कोइराला, सजिना पाठक, बैकुण्ठ श्रीवास्तव, राजन बगामी, कमल भण्डारी, गणेश चन्द, इश्वर श्रेष्ठ, कमल लामा र उद्धव खड्का रहेका छन् । समितिले ३ महिना भित्र राखेपको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *