अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्व टेस्ट च्याम्पियनसिप २०२३/२५ का लागि पुरस्कार रकम वृद्धि गरेको छ ।

प्रतियोगिताको विजेताले ३६ लाख तथा उपविजेताले २१ लाख ६० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

अघिल्ला दुई संस्करणको विजेताले १६ लाख र उपविजेताले ८ लाख अमेरिकी डलर प्राप्त गरेका थिए ।

यो संस्करणको फाइनल आगामी ११ जुनबाट लन्डनको लर्ड्स मैदानमा सुरु हुनेछ । उपाधिका लागि साबिक विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *