भारत र पाकिस्तानबीचको युद्धमा सिजफायर भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ शुरु गर्न भारतीय सरकारसँग सल्लाह लिने बताएका छन् ।
शुक्लाले बोर्डका पदाधिकारी र आईपीएल सञ्चालन परिषदको आज आईतबार बस्ने बैठकले आईपीएलका बाँकि रहेका खेलको आयोजना गर्नको लागि सम्भावित कार्यक्रमको तय गर्नुको साथै फैसला गरिने बताएका छन् । साथै यसको लागि सरकारसँग पनि सल्लाह लिइने बताएका छन् ।
आईपीएल २०२५ का १४ लिग खेल र प्लेअफका ४ खेल खेलिन बाँकि रहेका छन् । अब बाँकी रहेका खेल सञ्चालन गर्दा भारत र पाकिस्तानको पुनः युद्ध भएपनि त्यसको कुनै प्रभाव नपर्ने स्थललाई विकल्पको रुपमा चुनिने छ । त्यसको लागि चेन्नई, बेङ्गलोर र हैदरावाद जस्ता दक्षिण भारतका शहरहरुमा पुरा गरिने सकिने अनुमान गरिएको छ ।
यतिबेला भारत र पाकिस्तानको युद्धका कारण विभिन्न टोलीका प्रायजसो खेलाडी स्वदेश फर्किसकेको अवस्था छ । यस्तोमा वैकल्पिक सम्भावनालाई कायम राख्दै दुरदर्शि तरिकाले आईपीएलको आयोजना हुने उपाध्यक्ष शुक्लाले जानकारी गराएका छन् ।
