भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदैछ ।
जारी आईपिएलमा दिल्ली क्यापिटल्सले १० खेलमा ६ जित र ४ हारसहित १२ अंक हासिल गर्दै पाँचौं स्थानमा रहेको छ । दिल्ली प्लेअफको दौडमा कायम रहेको छ ।
तर हैदरावाद भने प्लेअफको दौडबाट बाहिरिइसकेको छ । हैदरावाद १० खेल ३ जित र ७ हारसहित ६ अंक हासिल गरेको छ र नवौं स्थानमा रहेको छ ।
यस सिजनमा हैदरावाद र दिल्लीबीच मार्च ३० मा भएको खेल दिल्लीले ७ विकेटले जितेको थियो ।
