आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

इन्दु बर्माको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले शुक्रबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । युवा अलराउण्डर पुजा महतोलाई पहिलो पटक उपकप्तानको जिम्मेवारी दिइएको छ ।

विश्वकप छनोट मे ९ देखि २० सम्म थाइल्यान्डमा हुँदैछ । प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।

यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह ‘सी’ मा छ । नेपाल रहेको समूहमा बहराइन र हङकङ छन् ।

नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।

नेपाली टोली

ईन्दु वर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रोमा थापा, रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोद्दार, कविता कुँवर, सवनम राई, ईश्वरी विष्ट, मनिषा उपाध्याय र रीया शर्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *