हङकङमा आजदेखि शुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ ।

मिसन रोड मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले कतारलाई पहिला ब्याटिङको निम्तो दिएका थिए । कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको हो ।

कतारका लागि इक्रमउल्लाह खानले सार्वधिक ५४ रन बनाए । उनले ५४ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । यसैगरी शहजाद जामिलले ३१, मुजिब उर रहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगगणेश नागराजनले १३ रन बनाए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले समान १ विकेट लिए ।

तिब्र गतिका बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन् । नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी-२० आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।

यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *