नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।

क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै लोहनीको उपचारका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी गराएको हो ।

‘लोहनी हालसम्म उपचाररत रहेको जानकारी प्राप्त हुन आएको हुँदा उनको औषधी उपचारको लागि यस संघबाट थप पाँचलाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ,’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लोहनी २०८० जेठ १५ देखि २६ सम्म मधेश प्रदेश क्रिकेट संघको आयोजनामा जनकपुरमा भएको महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका थिए ।

उनी जेठ १९ गते भएको गण्डकी प्रदेशविरुद्धको खेलमा विपक्षी खेलाडी अमृत गुरुङले प्रहार गरेको बललाई रोक्नेक्रममा घुँडामा चोट बोक्न पुगेका थिए ।

लोहनी हाल भारतको गुरुग्राममा उपचारत छन् । यसअघि क्यानले उनको उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *