भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज एक खेल हुँदै छ ।

आज गुजरात टाइटन्स र राजस्थान रोयल्स आमनेसामने हुँदै छन् । गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियम हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

गुजरातको कप्तानमा शुभमन गिल छन् भने राजस्थानको कप्तानमा सन्जु सामसन छन् ।

जारी आईपिएलमा गुजरातले ४ खेलमा ३ जित र एक खेलमा हार बेहोरेको छ । त्यस्तै राजस्थानले भने ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

अंकतालिकामा हाल गुजराज ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ भने राजस्थान ४ खेलमा ४ अंकसहित सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *