इण्डियन प्रिमियर लिग (आईपिएल) २०२५ अन्तर्गत आज शुक्रबार चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदराबादबीच भिडन्त हुँदैछ ।
चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बेलुका ७:४५ बाट शुरु हुनेछ ।
जारी सिजनमा दुवै टोलीको प्रदर्शन निराशाजनक छ । यी दुवै टोली आफ्नो पछिल्ला खेलमा पनि पराजित भएका थिए ।
चेन्नई र हैदराबाद दुवैको प्लेअफ चरणमा पुग्ने सम्भावना पनि प्राविधिक रुपमा मात्र बाँकी छ । त्यसैले शुक्रबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीको प्लेअफ चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ ।
हैदराबाद र चेन्नईले जारी सिजनमा आठ–आठ खेल खेलिसकेका छन् । आठमध्ये केवल दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको चेन्नई चार अङ्कसहित तालिकाको अन्तिम स्थानमा छ ।
हैदराबादले पनि अघिल्ला आठमध्ये दुई खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद पनि चार अङ्कसहित तालिकाको नवौं स्थानमा छ ।
