भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज एक खेल हुँदै छ ।
आज चेन्नई सुपर किंग्स र कोलकोता नाइट राइडर्स आमनेसामने हुँदै छन् । चेन्नईको चेपोकस्थित एमए चिदाबरम स्टेडियममा हुने यो खेल बेलुकी पौने ८ बजे देखि शुुरु हुनेछ ।
जारी आईपिएलमा चेन्नईको प्रदर्शन खराब रहेको छ । चेन्नईले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ । चेन्नईका नियमित कप्तान ऋतुराज गायकवाड घाइते भएर आइपिएलको सिजनबाटै बाहिरिएपछि महेन्द्र सिंह धोनी कप्तानीमा फर्किएका छन् ।
त्यस्तै डिफेन्डिङ च्याम्पियन कोलकोताको पनि यो सिजनमा अहिलेसम्म ३ खेलमा हार बेहोरेको छ । कोलकोताले ५ खेलमा २ खेल मात्र जितेको छ ।
चेन्नई ५ खेलबाट २ अंंकसहित नवौं स्थानमा छ भने कोलकोता ५ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ ।
