नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइएको छ । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीहरूलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेल खेलाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी:
रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन कुमार झा, करण केसी, ललित नारायण जोशी, अनिल कुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जीसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, रुपेश कुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *