नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन (एनसिएसए) को आयोजनामा शुक्रबारदेखि नेसनल स्पोर्टस क्लाइम्बिङ च्याम्पियनसिप सुरु भएको छ ।

वोड्छु पिक एण्ड मुसा मसला मुख्य प्रायोजक रहेको प्रतियोगिताको औपचारिक उद्घघाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ‌ले गरेका थिए। गरेका छन् ।

उद्घाटन समारोहमा संघका अध्यक्ष रमेश पौडेल वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेलगायतको उपस्थिति थियो ।

शनिबार सम्पन्न हुने ६ जना महिला र १३ जना पुरुष गरी कूल १९ खेलाडीको सहभागिता छ । पहिलो दिन पुरुषको बोल्डरिङ र लिडको क्वालिफाइनर राउन्ड पूरा भएको छ । आठ जना फाइनल चरणका लागि छनोट भएका छन् ।

प्रतियोगिता पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन भैरहेको छ ।

राष्ट्रियस्तरको प्रतियोगिता क्लाइम्बिङ स्पोर्टस अन्तर्राष्ट्रिय महासंघको विधि अनुसार वोल्डरीङ र लिड क्लाइम्बिङ अनुशासनमा पहिलो पटक नेपालमा खेलाइएको संघका महासचिव सन्तोष मादेनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *