पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १९औं सफल पोखरा म्याराथन फागुन ३ गते हुने भएको छ ।

पोखराको एक होटलमा बिहिवार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

पोखरालाई दौड संस्कृतिको विकास गरि स्वस्थ्य र मानसिक रुपमा नागरिकहरुलाई सचेतना प्रदान गर्न उदेश्यका साथ हुन लागेको यस म्याराथनमा १४ वटा क्याटोगरिहरु हुनेछ ।

प्रथम हुनेले ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र सान्त्वनास्वरुप चौथोदेखि ८ जनासम्मलाई ३० देखि १० हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

यस संस्करणमा पुरुषतर्फ २१ देशका ८० जना विदेशीसहिद १५० जना जसमा, ८ जना महिलाको सहभागीता रहनेछ । यस्तै हाफ म्याराथनमा महिला १० देशका ४० जना, हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित ११० जना सहभागी छन् । जसमा रन फर फनमा करिब ७ हजार गरि कुल १० हजार जनाको सहभागिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *