विराटनगर । कोशी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ ।

कोशी प्रदेश आईटिएफ तेक्वान्दो संघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा प्रतियोगिता सुरु भएको हो ।

विराटनगर-९ स्थित पुरानो गुद्रीमा शनिबारबाट सुरु भएको प्रतियोगिता दुई दिन चल्नेछ । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएर आएका १३५ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरे र कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव कृष्ण बस्नेत परशुरामले उद्घाटन गरे ।

कोशी प्रदेशका ९ वटा जिल्लाबाट प्रतियोगितामा सहभागी रहेको कोशी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष प्रविन कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *