रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा तेस्रो रामधुनी नगर जिल्लास्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ को आयोजनामा भएको प्रतियोगिताको समापन समारोह रामधुनी नगरपालिका वडा नम्बर ४ को मानपुरमा सम्पन्न भयो । प्रतियोगितामा धरान उपमहानगरपालिकाले पहिलो, बराहक्षेत्र नगरपालिकाले दोस्रो र आयोजक रामधुनी नगरपालिकाले तेस्रो स्थान हासिल गरे ।
प्रतियोगिता नेपाल सितोरियो कराते संघ रामधुनी वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर राउतको अध्यक्षतामा सम्पन्न भएको थियो भने रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख अतिथि हुनुहुन्थ्यो ।
यस प्रतियोगितामा विभिन्न नगरपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगिताबाट प्रथम टिम बन्दै धरान उपमहानगरपालिकाले गोल्डमेडल, शिल्वर मेडल , ब्राउज मेडल हात पारेको छ भने दोस्रो टिम बन्दै बराहक्षेत्र नगरपालिकाले गोल्डमेडल, शिल्वर मेडल, ब्रोन्ज मेडल हात पारेको हो । त्यसै गरि तेस्रो स्थान हासिल गर्दै रामधुनी नगरपालिकाको टिमले गोल्डमेडल , शिल्वर मेडल, ब्रोन्ज मेडल हात पारेको हो ।
कार्यक्रममा नेपाल कराते संघ कोशी प्रदेश अध्यक्ष कुबेरमान राई, रामधुनी नगरपालिकाका शिक्षा शाखा प्रमुख राजनकुमार गेलाला, रामधुनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमल कार्की, सुनसरी जिल्ला कराते महासंघ अध्यक्ष तथा एसियन कराते रेफ्री भिखन धामी, कराते संघ सुनसरीका पदाधिकारीहरू, विभिन्न सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, नगर कार्यपालिका सदस्यहरू, स्थानीय खेलाडीहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, नगरपालिकाका विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, र प्रहरी प्रशासनको समेत उपस्थिति रहेको थियो ।
प्रतियोगिताको मुख्य प्रायोजक रामधुनी नगरपालिका रहेको थियो । कार्यक्रमको सफल सञ्चालन स्थानीय युवा नवराज खड्काले गरेका थिए ।
यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै कराते खेललाई प्रवर्द्धन गर्न मद्दत गरेको छ । आगामी वर्षहरूमा अझ व्यापक सहभागिता र स्तरीय प्रतिस्पर्धाका साथ यो प्रतियोगिता निरन्तर आयोजना गरिने अपेक्षा गरिएको छ ।
