काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस संघको आयोजनामा हुने राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस च्याम्पियनसिप अगामी चैत ८ र ९ गते हुने भएको छ ।

प्रतियोगितामा लिड र बोल्डर गरि दुई विधा समावेश गरिएको छ । प्रतियोगिता अन्तराष्ट्रिय क्लाइम्बिङ स्पोर्टस महासंघ नियम र मापदण्ड अनुसार संचालन गरिने प्रतियोगितामा १४ वर्षभन्दा माथिका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिता अवधीभर खेलाडी तथा प्राविधिकको बिमा गरिएको आयोजकले जानकारी दियो । पहिलो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म क्वालिफिकेशन राउन्ड हुनेछ । जसबाट समान आठ पुरुष तथा महिला खेलाडी फाइनल राउन्डका लागि छनोट हुनेछन् ।

दोस्रो दिन बिहान ८ देखि साँझ ६ बजेसम्म फाइनल राउन्डको प्रतिस्पर्धा हुनेछ । जसमा प्राप्त गरेको अंकका आधारमा शीर्ष तीनको घोषणा गरिने छ । विजेतालाई नगदसहित मेडल, प्रमाण पत्र प्रदान गरिनेछ ।

तस्वीर: Kheladi.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *