काठमाडौं । सरकारले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्ष पदमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकलाई ४ वर्षे कार्यकालका लागि राखेपको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुदमन्त्रालयको प्रस्तावमा उपाध्यक्षमा नियुक्त आचार्य रुपन्देहीका स्थायी वासिन्दा हुन् । उनी अहिले मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्षसमेत हुन् ।
तत्कालिन उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ २०८१ साउन १२ गते ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका थिए ।
लामोसमयसम्म सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा उपाध्यक्ष कसलाई बनाउने भन्ने विषयमा सहमति नहुँदा नियुक्ति प्रक्रिया रोकिएको थियो ।
उपाध्यक्ष नियुक्तिसँगै राखेपको बोर्ड पूर्ण भएको छ ।
