आइसिसी महिला यू- १९ टी-२० विश्वकप अन्तर्गत नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।

खेल मलेसियाको जोहोरस्थित जोहोर एकेडेमी क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।

यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन् ।

विश्व कपको समूह ‘डी’ मा रहेको नेपालले स्कटल्याण्ड, अस्ट्रेलिया र बंगलादेशसँग हार बेहोरेको थियो । तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

उता, मलेसिया भने तीनवटा टेस्ट राष्ट्र भारत, श्रीलंका र वेस्ट इण्डिजसँग पराजित हुँदै सुपर सिक्समा पुग्न सकेन ।

पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । मलेसिया आयोजक टोली भएकाले सिधै विश्‍वकपमा स्थान बनाएको थियो । नेपालले एसिया छनोट जितेर विश्‍वकपमा प्रवेश गरेको थियो ।

विश्वकपको सुपर सिक्सको समुह १ मा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु भएको यस विश्वकपमा १६ राष्ट्र सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *