विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित विराटनगर वडा नं ११ का सुरजबहादुर श्रेष्ठले सपथ ग्रहण गरेका छन् ।
आज विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठलाई बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले सपथग्रहण गराएकी हुन् ।
बिहीबार सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड क बमोजिम श्रेष्ठलाई अध्यक्षमा मनोनयन गरिएको विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए ।
