पोखरा । एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबबीचको खेल स्थगित भएको छ ।

बुधबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । पहिलो सेट पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८-२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो ।

अब आर्मी र सुनिल भलिबल क्लबबीचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको खेल पनि बिहीबार नै हुने तालिका छ ।

यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३-२ सेटले पराजित हुँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रतियोगिताबाट बाहिरिएको थियो । महिलातर्फ भएको खेलमा एपीएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब, थाइल्याण्डले जित निकालेका थिए ।

पहिलो खेलमा ट्राभल इन्क्वारीले आर्मीलाई ३-० र एपीएफले आयोजक टाइगर ग्रुपलाई ३-० को सेटमा पराजित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *