भारत र इङ्गल्याण्डबीच भएको दोश्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले २ विकेटले जित हासिल गरेको छ । भारतको जितमा तिलम बर्मा हिरो बने ।

बर्माले ५५ बलमा ७२ रनको अविजित पारी खेल्दै भारतलाई अन्तिम ओभरमा विजयी बनाएका हुन् । दोश्रो टी-२० मा जितसँगै पाँच म्याचको सिरिजमा भारतले २-० ले अग्रता बनाएको छ ।

चेन्नईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको दोश्रो टी २० खेलमा इङ्गल्याण्डले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

खराव शुरुवात गरेको इङ्गल्याण्डको तर्फवाट कप्तान जोस बटलर सर्वाधिक ४५ रन पारी खेलेका थिए । उनले ३० बलमा ४५ रन बनाएका हुन । त्यस्तै ब्रायडन कार्सेले ३१ र जिमी स्मीथले २२ रनको योगदान दिएका थिए । भारतको तर्फवाट अक्षर पटेल र बरुण चक्रवर्तिले दुई दुई र हार्दिक पाण्डेले १ विकेट लिएका थिए ।

१६६ रनको विजय लक्ष्य पाएको भारतले उक्त लक्ष्य १९.२ ओभरमा प्राप्त गरको थियो । भारतको तर्फवाट तिलक वर्माले ७२ रनको अर्धशतकिय पारी खेल्दा वाशिङ्गटन सुन्दरले २६ र अभिषेक शर्माले १२ रन बनाएका थिए । कप्तान सूर्यकुमार यादवले दोश्रो खेलमा पनि रन बनाउन असफल भए ।

इङ्गल्याण्डका तर्फबाट ब्रायडन उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपनि आफ्नो टोलीलाई जिताउन असफल भए । त्यस्तै लियम लिभिङस्टोनले १ र आन्द्रे रशलले १ विकेट लिएका थिए । अब तेस्रो टी-२० खेल माघ १५ गते मंगलवार राजकोटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *