च्यान्बारा टोली जापान जाने

२०८१, २४ मंसिर सोमबार २१:०८

स्पोर्ट्स च्यान्बाराको ४८ औं विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार जापानको टोकियो जाने भएको छ ।

डिसेम्बर १४ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा विकेल अधिकारी, प्रिया लामा र एलिजा तामाङले प्रतिस्पर्धा गर्ने छन् । टोली प्रमुखमा इश्वरमान डंगोल, अफिसियलमा पटना डंगोल महर्जन, प्रशिक्षकमा वीरबहादुर तामाङ र टिम क्याप्टेनमा केशवराज अधिकारी रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *