मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदै छ।

ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। ईजीकेलले किक बक्सिङको ७०-७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्। निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन्।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरु बुधबार जर्मनी प्रस्थान गर्ने छन्।

टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *