नेपालको पुरुष राष्ट्रिय बिच भलिबल जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आयोजक माल्दिभ्स बी जोडीलाई २१-१० र २१-१६ ले हरायो ।

पहिलो दिन पराजित मान र दिलको जोडीले दोस्रो दिन लगातार तीन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

यसअघि नेपालको महिला राष्ट्रिय बिच भलिबल जोडी प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरिसकेको छ ।

कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले उज्वेकिस्तानको जोडीलाई शनिबार २-० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

नेपाली जोडीले २१-१३, २१-१२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *