दक्षिण एसियन खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२४ मा नेपाल पहिलो भएको छ।

बुधबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपाल गोजुरीयो कराते महासंघको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल पहिलो भएको हो।

६१ इभेन्टमा नेपाल पहिलो हुँदा भारत दोस्रो तथा बंगलादेश तेस्रो भएको थियो। सो प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र बंगलादेशका ३०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, सोतोकान करातेका मुख्य प्रशिक्षक श्याम शेर्पा लगायको उपस्थितमा उद्घाटन भएको थियो।

प्रतियोगितामा विभिन्न संकृितिक कार्यक्रमसहित भव्यताको साथ सम्पन्न भयो।

यस्तै, सो प्रतियोगितामा विश्व कराते महासंघ तथा एसियन कराते महासंघका निर्णयक बि.आर मित्रलाई राखेप सदस्य सचिव टंकलाल घिसिङले सम्मान पनि गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *