क्वार्टफाइनल पुगिन पलेशा

२०८१, १४ भाद्र शुक्रबार १४:१३

नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टफाइल प्रवेश गरेकी छन् ।

के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको पहिलो चरणमा पलेशाले शुक्रबार भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज जित निकालिन् ।

पलेशाले क्वार्टरफाइनलमा आजै ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्नेछिन् ।

पलेशाले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएकोएसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ । त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *