प्रतिस्पर्धात्मक खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै सर्बियाका नोभाक जोकोभिचले पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन् ।

पेरिसमा आइतबार जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेविरुद्ध ७-६ (७-३), ७६ (७-२) को जित निकाले ।

२४ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेका हुन् । पाँचौं पटक ओलम्पिकमा सहभागिता जनाएका जोकोभिचका लागि सन् २००८ मा कांस्य पदक जित्नु नै उत्कृष्ट प्रदर्शन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *