चीनमा आयोजना भएको एसियन खुला अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालले समान एक रजत र कांस्य पदक जितेको छ ।

तेक्वान्दो आईटीएफ नेपालका प्रशिक्षक गयाजी खड्का व्यक्तिगत प्याट्रनतर्फ सेमिफाइलनमा मलेसियाका मो चिङ मिङसँग पराजित हुँदै कांस्य पदक प्राप्त गरेका थिए ।

त्यसअघि उनले ५८ केजीमुनि तौल समूहमा रजत पदक जितेका थिए । उनी फाइनलमा चीनका छाङ ह्युसँग पराजित भए ।

प्रतियोगितामा नेपाल, चीन, मलेसिया, रुस, अफगानिस्तान र अस्ट्रेलियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालकी सस्मिनी बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *