लोकराज शाही र सागर ढकालले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । एम्पुटीमा लोकराज तथा होचा/पुड्कामा सागर पहिलो भएका हुन् ।
बूढानीलकण्ठमा भएको प्रतियोगताको एम्पुटीमा गोपाल मोक्तानले रजत तथा वीरेन्द्र मुसरले कांस्य जिते । होचापुड्कामा श्यामकुमार पण्डित क्षेत्रीले रजत तथा लालबहादुर खत्रीले कांस्य हात पारे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा भएको प्रतियोगितामा २ स्पर्धामा ३१ खेलाडी सहभागी थिए । पुरुषःमहिला सम्मिलित दुवै स्पर्धामा खेलाडीले ३.५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, अध्यक्ष प्रकाश आयोजक संघका चिलुवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
