इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग सञ्चालन गर्ने नेपाल भलिबल संघले आधिकारिक रूपमा स्वीकृति दिएको छ।

शुक्रबार राजधानीमा पत्रकारको सम्मेलन गर्दै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले इनफिनिटी ड्रिम्स प्रालिसँग ७ वर्षको लागि एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न अनुमति दिएको बताएका छन्।

इनफिनिटी ड्रिम्स प्रालिले होम र अवे सिद्धान्तको अवधारणा अनुसार देशभर यो लिग आयोजना गर्न अधिकार पाएको हो।

यस लिगको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा भलिबलको स्तर विकास गर्नु र भलिबलमा व्यवसायिकता ल्याउनु साथै नेपालको खेलकुद पर्यटनमा पनि टेवा पुर्याउनु रहेकोजनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *