सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ कोशी प्रदेश गण्डकी प्रदेशसँग पराजित भएको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार कोशी प्रदेश गण्डकी प्रदेशसँग ३-० को सेटमा पराजित भयो ।

गण्डकीले खेल २५-१९, २५-१९, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

प्रतियोगितामा कोशीको यो पहिलो हार हो । कोशीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३-२ को सेटमा हराएको थिए ।

यसैगरी महिलातर्फ मंगलबार सम्पन्न खेलमा कोशीले मधेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

असार १५ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *