पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेशले बिजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटले पराजित गरेको हो ।
पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। जसमा कोशीले २०-२५ ले आफ्नो पक्ष्यमा पर्न सफल भयो। दोस्रो सेट १८-२५ र तेस्रो १९-२५ ले जित्दै निकाल्दै खेल जित्यो ।
आइतबार पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ३-२ ले पराजित गर्दै कोशी प्रदेशले प्रतियोगितामा पहिलो जित हात पारिसकेको छ ।
सात प्रदेश सहभागी रहेको यस प्रतियोगितामा पुरुष र महिला गरि कुल १४ वटा टिमको सहभागिता रहेका छन्।
असार १५ सम्म चल्ने प्रतियोगितामा विजेताका दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख, २ लाख र १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै दुवैतर्फ उत्कृष्ट खेलाडीले समान २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
