प्रथम सहाना प्रधान यू १९ भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ कोशी प्रदेश समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार लुम्बिनी प्रदेशलले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको हो ।
हारजा बावजुद गण्डकी समूह ‘बी’ को उपविजेताको रुपमा र लुम्बिनी ४ अंकसहित समूह विजेता रुपमा सेमिफाइनल पुगेको छ ।
पहिलो खेलको ३ अंक जोडेका कारण हारका बाबजुत पनि गण्डकी सेमिफाइनल पुगेको हो । कोशीले पहिलो खेलमा लुम्बिनीलाई पराजित गरेपनि २ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।
यससँगै पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा समूह ए बाट सुदूरपश्चिम र बागमती तथा समूह बी बाट लुम्बिनी र गण्डकी प्रदेशले सेमिफाइनल खेल्ने भएका छन् ।
महिलातर्फ समूह ए बाट कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । समूह बी बाट गण्डकी र बागमती सेमिफाइनल पुगेका छन् ।
