विराटनगर । बरागाछी युवा समुह र स्रष्टा नेपालको संयुक्त आयोजनामा विराटनगरमा पहिलो पटक तीन चरणको आर्म रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ । आम रेस्लिङको नक आउट चरणको खेल ज्येष्ठ ३१ गते वेलुका ४ बजे देखि ६ बजे सम्म भट्टा चौक स्थीत टि टक क्याफे एण्ड कार वासमा हुनेछ ।
क्वाटर फाइनल र सेमीफाइनल एयरपोट लाइनमा रहेको चिया स्टेसनमा ज्येष्ठ ३२ गते वेलुका ३ बजे देखि ५बजेसम्म हुने छ, भने फाइनल खेल असार १ गते एयरपोट लाइनमा रहेको सिंहासन रेष्ट्र एण्ड बारमा हुने भएको छ ।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो उपविजेताले १० हजार रुपैयाँ पुरस्कार राशी पाउने छन्। यस टुर्नामेनटमा आफ्नो नाम दर्ता गराउन चाहाने खेलाडीले विराटनगरको जिम क्लब र खेल हुने स्थानबाट आफ्नो नाम रजिष्ट्रेसन फारममा नाम दर्ता गर्न सक्ने आयोजक समुहले बताएको छ ।
यस आम रेस्लिङ प्रतियोगिताको माध्यमबाट युवाहरुमा जमघटको माहोल र आपसी सद्धभावना बढ्ने उदेश्य राखिएको बरगाछी युवा क्लबका अध्यक्ष आकाश घिमिरेले बताए ।
