नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको छ ।
ढाकामा सोमबार सम्पन्न फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भयो ।
बंगलादेश थाइल्यान्ड र नेपाल केन्यालाई पराजित गर्दै फाइनलमा पुगेका थिए । नेपालले पहिलो पटक फाइनल खेलको हो ।
यसैगरी नसमूह चरणका पाँच खेल मध्ये चारमा जित निकालेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
समूह चरणमा मलेसिया, पोल्यान्ड, दक्षिण कोरिया र इन्डोनेसियाविरुद्ध जित निकालेको नेपाल बंगलादेशसँग भने पराजित भएको थियो ।
