फ्रेन्च ओपनको महिला तर्फको फाइनलमा इगा स्वाटिक र जस्मिन पाओलानी भिड्ने भएका छन्।
पोल्यान्डकी स्वाटिकले गएराति सेमिफाइनलमा अमेरिकी खेलाडी कोका गउफलाई सहजतापूर्वक ६-२ र ६-४ ले पराजित गरिन्।
इटालीकी पाओलानीले भने अर्को सेमिफाइनलमा रुसीकी मिरा एन्ड्रेभालाई ६-३ र ६-१ ले पराजित गरिन्। फाइनल शनिबार हुनेछ ।
