कटारी | नेपाल रग्बी संघको आयोजना तथा कोशी प्रदेश रग्बी संघको व्यवस्थापनमा आज कटारीमा सम्पन्न कोशी T1 रग्बी प्रतियोगिता २०८१ मा महिलातर्फ उदयपुरले इलामलाई १५-० अंक र पुरुष तर्फ उदयपुरले इलामलाई १०-५ अंकले पराजित गरि दुबै उपाधि हात पारेको हो।

प्रतियोगिताको प्रथम उपाधि कटारि नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरष्कार बितरण गर्नुभयो। त्यस्तै दोस्रो उपाधि कटारी नगरपालिका-१२का वडाअध्यक्ष बासु कटुवालद्वारा इलामलाई ट्रफी, मेडल, प्रमणपत्र र नगद पुरष्कार हस्तान्तरण गर्नुभयो।

प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ६ टिमले प्रतिष्पर्धा गरेको नेपाल रग्बी संघ कोशी प्रदेशका अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिनुभयो ।

१८ वर्ष मुनिका अन्तरविद्यालय स्तरीय खेलाडीहरु प्रतिष्पर्धा गरेका थिए । खेल कटारीको टाईगर फिल्डमा सम्पन्न भएको हो । प्रतियोगिताका पहिलो हुने टिमले नगद दश हजार, ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुने विद्याालयले नगद पाँच हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पारेका हुन् । प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी, उदयपुर र सिन्धुली जिल्लाका खेलाडीहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *